शास फेर्ने बतासहरू
अपरिमित बन्दै,
बारीका कान्लाहरुमा लुछिन्दा
सदियौ पलेटी र पाईलाहरू
बलेशी बाट पुछिन्दा,
बतास खोज्न
हिमाल पुग्छ उ !
गुराँस डुल्छ उ !
परिमीत आवाज बोल्छ
तिमी ! अनागरिक !
मनोमल -
विविधता अनी विविधताहरू को मैदान
उजाड अझै उजाडा परिवेश
लखतरान हेरी रहन्छ हिमाल !
टोलाई रहन्छ गुराँस !
अनायस -
अनायस !
हरियो समुन्द्र बगेर आउछ द्रिश्यहरू
नागबेली बेरिन्छन पाइलाहरू
रातो पाइलाहरू समुन्द्रमा तैरिन्दै - तैरिन्दै !
दुर - दुर - लर्खराउदै - बर्बराउदै
दुर - दुर - कहालिन्दै - बरालिन्दै !
फन - फनी चक्कर मारिरहेछ भुगोल
खोजी रहेछ् आवाज,
सोधिरहे छ.
ए - माटो ?
म किन अनागरीक भएँ !!!!

0 comments:
Post a Comment